१ भदौ,काठमाडौं । बिना कारण जनसंस्कृतिकर्मी माइला लामालाई रिहाई माग गर्दै सरकारको चौतर्फी आलोचना शुरु भएको छ ।
अखिल नेपाल जनसांँस्कृतिक महासंघले प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार तथा लोकप्रिय जनकलाकार, जनसंस्कृतिकर्मी माइला लामालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाएको छ ।
बिहीबार दिउँसो चावहिलबाट लामालाई बैठक बसिरहेको अवस्थामा सादा पोशाकका आएका सोह्रखुट्टे प्रहरीले गिरफ्तार गरेको थियो । जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले बिहीबार दिउँसो फेसबुक पेजमा स्टाटस लेख्दै लामाको तुरुन्त रिहाइको माग गरेका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज, प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सल्लाहकार तथा लोकप्रिय जनकलाकार, जनसंस्कृतिकर्मी माइला लामालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ महासचिव थपलियाले स्टाटसमा लेखिएको छ । थपलियाले हाल लामा अस्वस्थ रहेको भन्दै उपचारको व्यवस्था मिलाउन र तत्काल रिहा गर्न भनेका छन् ।
आदरणीय कमरेड माइला लामालाई माके–कांग्रेस सरकारले स–सम्मान तुरुन्त रिहा नगरे जनार्दन गहृप्रशासनसहित यिनका विरुद्ध कडा संघर्ष गर्नुको विकल्पन नरहेको समेत उनले उल्लेख गरेका छन् । रिहा नगरे परिणाम राम्रो नहुने बताए ।
लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्यूरो ईन्चार्ज समेत हुन् । उनी अखिल क्रान्तिकारीको उपत्यका विशेष समन्वय समितिको बैठकमा थिए ।