काठमाण्डौ , १ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो ईन्चार्ज माईला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाण्डौको चाबहिलबाट बैठक बसिरहेको बेला लामालाई बिनाकारण पक्राउ गरेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिनुभयो ।
कार्कीले विनाका कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।
‘राज्यले शान्तिपूर्ण राजनीति गर्न समेत अवरोध गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको भन्दै उहाँले लामाको पक्राउप्रति घोर आप्पती जनाउदै तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
विना सर्त रिहा नगरे कडा आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभयो ।
अखिल क्रान्तिकारी काठमाण्डौ जिल्ला समितिको बैठक बसिरहेका बेला हलबाटै लामालाई गिरफ्तार गरिएको बताईएको छ ।लामालाई हाल सोह«खुट्टेमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline