बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, भदौ १ ।

ब्यावस्थापिका संसदको अर्थ समितिले बाढी पीडितलाई तत्काल राहत, शुद्ध पानी र अस्थायी बसोबासलगायतको सुविधा उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको भन्दै संक्रामक रोग फैलन नदिन औषधिसहित चिकित्सकलाई पठाउन निर्देशन दिएको छ ।

विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकाल्दै समितिले बाढी प्रभावित क्षेत्रमा तत्काल पीडितको सुरक्षा र आवासको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले पूर्व तयारी नहुँदाको शिकार जनताले भोग्नुपरेकाले भविष्यमा बाढीबाट हुनसक्ने जोखिमलाई कम गर्न ठोस कार्यक्रम तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी