वीरगन्ज भन्सारले आजदेखि जिएसटी लागु गर्ने

वीरगन्ज भन्सारले आजदेखि जिएसटी लागु गर्ने

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

वीरगन्ज, १ भदौ ।

भन्सार कार्यालय, वीरगंज, पर्साले आजदेखि भारतबाट पैठारी भई नेपाल भित्रिने सबै प्रकारका वस्तुमा जिएसटी वस्तु तथा सेवा कर प्रणाली लागु गर्नेभएको छ ।

भारतबाट पैठारी भई कृषिउपज, खाद्यान्न, दलहन, जिवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल, एलपि ग्यांसबाहेकका वस्तुमा जिएसटी प्रणाली लागु हुने वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले बताउनुभयो ।

जिएसटी विजकमा जिएसटी र सोबमोजिम बील अफ एक्सपोर्टमा पनि जिएसटी जोडिएर मूल्य उल्लेख भएको हकमा जिएसटीको रकम समेत जोडी कारोबार मूल्य घोषणा गर्नुपर्ने व्यवस्था छ ।

कारोवारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरेको छ ।

भन्सार कार्यालयले एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको मालबस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको वस्तु अनिवार्यरुपमा सो दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि आयातकर्ताले भारतबाट पैठारी गर्दा भारतीय भंसारको विलको आधारमा कम मूल्य तोकेर भ्याट बील काटिने व्यवस्थाका कारण भन्सार राजस्व ह्रास हुँदै आएको थियो भने अब भने यो प्रणाली लागु भएपछि एजेन्टहरूले गर्ने मनोमानी भने हट्ने विश्वास भन्सार कार्यालयले जनाएको छ ।

उक्त प्रणाली लागु भएपछि एजेन्टहरूले बनाउने नक्कली विल नियन्त्रणमा आउने विश्वास लिइएको छ । पहिलो चोटी लागु भएको यो प्रणाली वीरगंज भन्सार कार्यालयको मागअनुसार बुधबारदेखि मुलुकभर लागु हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी