असोज २ गतेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ नियुक्त हेर्नुस् नामावली

असोज २ गतेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, को कहाँ नियुक्त हेर्नुस् नामावली

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ ,साउन ३२।

असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो।

आयोगले ८ जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गराउँदैछ। थपिएका ९ स्थानीय तहसहित १३६ तहमा निर्वाचन हुन लागेको हो।

ऐनको व्यवस्था अनुसार मुख्य निर्वाचन अधिकृतमा सम्वन्धित जिल्लाको जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश नियुक्त गर्ने प्रचलन छ। निर्वाचन अधिकृतमा भने आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका उपसचिव स्तरसम्मका कर्मचारी नियुक्त गरेको छ।

नियुक्तिसँगै आयोगले मुख्य निर्वाचन अधिकृतलाई भदौ ७ गतेसम्म कार्यालय स्थापना निर्देशन दिएको छ। यस्तै, निर्वाचन अधिकृतलाई भदौ १२ गतेसम्म कार्यालय स्थापना गर्न आयोगले सूचित गरेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षण भदौ ४ र ५ गते हुने निर्वाचन आयोगले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ