यात्रुलाई पाइलटले आकासमै गरे दुर्ब्यवहार,अश्लिलि भाषामा गालि गर्दै माथिबाटै खसालिदिने धम्कि (भिडियाे)

यात्रुलाई पाइलटले आकासमै गरे दुर्ब्यवहार,अश्लिलि भाषामा गालि गर्दै माथिबाटै खसालिदिने धम्कि (भिडियाे)

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौं ।

नेपालको हवाई यात्रा असुरक्षित छ नै एयरलाईन्स कम्पनीहरुको लापरवाही हेर्ने हो भने तपाईँ हवाईयात्रा गर्न डराउनु हुनेछ ।

घटना साउन ११ गतेको हो । पोखराबाट मनाङको तिलिचो ताल, थोरोङ ला पास हुँदै पोखरा फर्किने भनी ३ घण्टाको लागि एयर डाइनास्टी हेलिकप्टर बुक भएको थियो । ३५ सय अमेरिकी डलर तिरेर मनाङका राजु गुरुङले विदेशी नागरिक सहित ‘डकुमेन्ट्री मेकिङ’ टोलीका लागि उक्त हेलिकोप्टर बुक गरेका थिए । हेलिकप्टरमा जब यात्रुहरु चढे त्यसपछि नै आफूहरु ठगिएको महसुश गर्न थाले ।

‘जंड्याहा’ पाइलटको लापरवाही

पाइलट निरन्जन सिलवाल हेलिकोप्टर चलाइरहँदा रक्सीले मातिसकेका थिए । नजिक बस्ने यात्रुले उनी मातेको थाहा पाएपछि नै सोधे । तर उनी रिसाउँदै यात्रुलाई नै हप्काए । उनको अवस्था यस्तो थियो की, उनका औंला र शरिर पूरै काँपिरहेको प्रष्ट देखिन्थ्यो । पोखरा सहरकै उचाइमा पनि उनले अक्सिजन लिन थाले ।

जबकी, सामान्यतः तिलिचो तालको उचाइमा पनि अक्सिजन आवस्यक पर्दैन । तर ति पाइलटले भने पोखरा सहरको उचाइमै अक्सिजन लिन थाले । पाइलटको शरिर रक्सीको लतले अति कमजोर बनेको देखिन्थ्यो । हेर्दा पनि उनी ‘एडिक्टेड’ जस्तै देखिन्थे । यस्तो देखेपछि यात्रुहरु डराउन थाले । २ विदेशी र ३ नेपाली यात्रुहरुले उनलाई पाइलटलाई त्यहीँ कम्प्लेन गरे । तर ३ घण्टाको लागि बुक गरिएको उक्त हेलिकप्टर पाइलटले आफ्नै लहडमा ३५ मिनेट मात्रै उँडाएर अवतरण गरे ।

यात्रुहरुलाई दुव्र्यवहार

हेलिकोप्टरमा यात्रा गरिरहेका यात्रुहरुलाई पाइलटले आकासमै अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार समेत गरेको यात्रुहरु बताउँछन् । मनाङको तिलिचो तालमाथि पुगेपछि उनले यात्रुलाई धम्की दिँदै भने, ‘यहीँबाट हामफाल नत्र यही तालमा खसालिदिन्छु !’

यात्रुहरु अलमलमा परे । डराउँदै आग्रह गर्दा पनि पाइलट निर्मम रुपमा प्रस्तुत हुँदै उनीहरुलाई त्यहीँबाट खसालिदिने धम्की दिए । यात्रुलाई उनले अश्लिल शब्द प्रयोग गर्दै भने, ‘मा…तेरो खेलौना हो यो हेलिकोप्टर ?’ यात्रु नाजवाफ भए । दुई जर्मन पर्यटकलाई समेत अंग्रेजीमा अश्लिल शब्द प्रोयग गरी हप्काए पाइलट निरन्जनले ।

एयरलाईन्स कम्पनीको लापरवाही

३५ मिनेट मात्रै उँडेर ३५ सय डलर तिरेका यात्रुहरु आफ्नो यात्रापछि काठमाडौं आएर उक्त कम्पनी एयर डाइनास्टीमै आएर कम्प्लेन गरे । कम्पनीका अपरेशन म्यानेजर अनिल रावलले सुरुमा भेट्नै चाहेनन् । पछि भेट्न त भेटे तर उनीहरुको गुनासो सुन्न तयार भएनन् ।

यात्रुहरुले आफूलाई पाइलटले दुब्र्यवहार गरेको र कम्पनीबाट ठगिएको भन्दै गुनासो गर्दा पनि अनिलले बेवास्ता गर्दैआएको पीडित यात्रुहरु बताउँछन् । यात्रुहरुले उजुरीका प्रसस्त प्रमाण सहित उजरी गर्दा पनि कम्पनीले भने दोस्रो पटक कुनै कुरा सुन्न चाहेको छैन ।

ति यात्रुहरुको उजुरीको विषयलाई लिएर नेपालीपत्रले पनि उक्त कम्पनीमा सम्पर्क गरी यसबारे सोध्यो । तर कम्पनीका अपरेशन म्यानेजर रावलले ‘सकेको गर्नु’ भनी जवाफ दिए । विदेशी यात्रुहरुले समेत युरोप उँड्नुअघि नै कम्पनीमा ‘कम्प्लेन’ गरेका थिए । तर उनीहरुले न क्षतिपुर्ति पाए न सकारात्मक जवाफ नै ।-नेपालीपत्रबाट

https://youtu.be/5C2kum-YtCQ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ