अब गाडी किन्न सहज,  ६५ प्रतिशत कर्जा बैंकले दिने

अब गाडी किन्न सहज,  ६५ प्रतिशत कर्जा बैंकले दिने

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, साउन ३२ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो । सोही बमोजिम राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो ।

यससँगै अब सर्वसाधारणले ३५ प्रतिशत डाउनपेमेन्टमा निजी सवारी किन्न सक्नेछन् । अर्थात गाडी किन्नलाई बैंकबाट ६५ प्रतिशत ऋण लिन सकिनेछ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत नै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत आवासीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई समेत बढाएको छ । चालू आर्थिक वर्षमा लिइएको मौद्रिक नीतिअनुसार नै राष्ट्र बैंकले घर कर्जामा १ करोड रुपैयाँको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्‍याएको हो । –नयाँ पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी