मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

मोरङ र सुनसरीमा विद्युत् सेवा पुनःसञ्चालन

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

 

विराटनगर, ३२ साउन । मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ ।

गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो ।

गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी दुई जिल्लाको विद्युत् पुनःसञ्चालन गरिएको हो । गएरातिदेखि विद्युत् सुचार भए पनि बिहान ३ बजेदेखि कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् सेवा पुनःसञ्चालन भएपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी