बीमितका परिवारलाई नेपाल लाइफद्वारा रकम हस्तान्तरण

बीमितका परिवारलाई नेपाल लाइफद्वारा रकम हस्तान्तरण

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

३१ साउन,काठमाडौँ । नेपाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाढी पहिरोमा परी ज्यान गुमाउने परिवारलाई २४ घण्टा भित्रै बीमित रकम हस्तान्तरण गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ की दुर्गा कुमारी खड्का का परिवारलाई १० लाख ३६ हजार हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटो छरितो र पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले २४ घण्टाभित्रै साउन २९ गते सो रकम हस्तान्त्रण गरिएको कम्पनी सचिव ओमप्रकाश पुडासैनीले जानकारी दिएका छन् ।

यही साउन २८ गते आएको पहिरोमा परी खड्काको मृत्यु भएको थियो ।

मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका श्रीमान् उदयबहादुर खड्का लाई प्रदान गरेका थिए । स्व. कुमारीले ५ लाख बिमांङ्कको जीवन बीमा बापत जम्मा २४ हजार ३०४ बीमाशूल्क बुझाएकी थिइन् ।

साथै कम्पनीले बाढीपहिरोका कारण असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदन व्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी