नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, साउन ३१।
भुकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नतीसहितका परियोजनामा खर्च गर्ने गरी समभदारीपत्रमा हस्ताक्षर भएको छ ।
अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि एक अर्व आरएमवी अर्थात करीव साढे १५ अर्व रुपैया खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको अर्थसचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।

भुकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको तीन अर्व आरएमवी मध्ये एक अर्व सन २०१६ मा खर्च भएको थियो भने सन २०१७ मा एक अर्व खर्च हुनेछ । बाँकी एक अर्व सन २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादार र चिनिया उपप्रधानमन्त्री वाङ याङ वीच दुई पक्षीय वार्तापछि आज नेपाल र चीनबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जसमध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारीपत्रमा दुवै मुलुकका अर्थसचिवले हस्ताक्षर गरेका छन् ।
यस्तै पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न दुई अर्व नेपाली रुपैया चिनिया सहयोग र नेपालमा चिनिया लगानी अभिबृद्धि सम्बन्धी समझदारी पत्रमा पनि आजै हस्ताक्षर भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आजबाट महत्वपूर्ण भेटवार्ता सुरु गर्नू भएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको विषेश सन्देश लिएर हिजो काठमान्डौ आउनु भएका वाङले उपप्रधान एवम् संघिय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारसँग पहिलो औपचारिक भेटवार्ता गर्नु भएको हो ।

राजधानीको सोलटी होटलमा भएको उक्त भेटमा चीनीया उपप्रधानमन्त्री याङले सरकारका तर्फबाट नेपालमा गएको बाढी पहिरोका पिडतलाई सहयोग गर्न आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

याङले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।

त्यसअघि राजधानीको बसन्तपूरस्थित चीन सरकारको आर्थिक सहयोगमा पुरनिर्माण हुन लागेको नौतले दरबारको उप्रपधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनीयाँ उपप्रधानमन्त्री याङले संयुक्र रुपमा उद्घाट गर्नु भएको छ ।

वाङ नेतृत्वको उच्चस्तरीय टोलीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अपरान्न ३ बजे र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अपरान्न ४ बजे भेट गर्ने तयारी भएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी