नेपालको बाढीपिडा : पापी भारत , उदार चीन

नेपालको बाढीपिडा : पापी भारत , उदार चीन

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, साउन ३१ ।

बर्षातपछिको बाढीका कारण नेपाल आक्रान्त छ, यतिबेला । नागरिक पीडामा छन् । सहयोगी हात कुरिरहेका छन् । तर, नेपाली यो पीडामा छिमेकी देश भारतले ‘पापी ब्यबहार’ गरिरहेको छ भने अर्को छिमेकी देश चीनले सहयोगी भाव दर्शाइरहेको छ ।

विपद्का बेला छिमेकीको भूमिकालाई महत्वका साथ हेरिन्छ । तर, भारतको ब्यबहार हेर्दा ऊ असल छिमेकीभन्दा पनि शत्रुको ब्यबहार गरिरहेको छ । भारतले बाँधेका बाँधहरुकै कारण नेपालको भूगोल जलमग्न भएको छ ।

नेपालीको बिचल्ली भएको छ । तर, पनि भारतले बाँधका ढोकाहरु खोल्न चाहिरहेको छैन । तर, चीनले भने नेपालको बाढीपीडितलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।

चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपतकालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा समेत गरेको छ। मंगलबार भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन्। द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन्।

वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन्।

तर भारतको ब्यबहार असल छिमेकीको जस्तो छैन । उल्टो नेपालमाथि झन् पीडा थप्ने काम गरिरहेको छ । हुनतः नेपालका तत्कालीन सरकारले गरेका असमान सन्धीहरुको नतिजा नेपालले भोगिरहेछ, यतिबेला । तर, समयसापेक्ष ब्यबहारिक ढंगमा नेपालीको पीडामा मल्हम लगाउन भारत पनि उदार हुनुपर्दछ । अन्तर्राष्ट्रियक कानुन र मान्यताविपरीतका सम्झौताहरुलाई परिमार्जन गर्न नेपाल र भारत सरकार तयार हुनै पर्छ । -नेपालीपत्रडटकमबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ