राहतमा ढिलाई हुनु दुर्भाग्य : मन्त्री साह

राहतमा ढिलाई हुनु दुर्भाग्य : मन्त्री साह

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं साउन ३१ । सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि यतिका दिनसम्म सरकारी र वाह्य सहयोग उपलब्ध नभए तापनि स्थानीय जनताकै पहलमा घरबार विहिन पीडितलाई बचाईराख्नु असाध्यै सराहनीय भएको बताउनुभएको छ ।
सरकारको तर्फबाट रौतहट र सर्लाहीका लागि खटिनुभएका मन्त्री साहले सोमबार स्थलगत अबलोकन भ्रमणका क्रममा यस्तो बताउनुभएको हो । मन्त्री साह नेपाली कांग्रेस र नेकपा एमालेका संसद सहित सोमबार रौतहट र सर्लाही पुग्नुभएको हो ।
बाढीले जनताको विचल्ली भइरहेको अवस्थामा पनि राज्यको उपस्थिति न्यून रहनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाई रहेको थियो । ‘यतिका दिनसम्म एक दाना सरकारी राहत समेत पीडितले पाउन नसक्नु दुर्भाग्यपूर्ण हो’, मन्त्री साहले भन्नुभयो, ‘सरकारको ढीलासुस्तीका बाबजुद पीडित स्वयंले एक अर्कालाई गरेको सहयोग गौरवपूर्ण छ ।’


पीडितहरुले एकअर्कालाई गरेको सहयोगको सराहना गर्नुहुँदै मन्त्री साहले भन्नुभयो ‘आफ्नो घर पुरै डुबीरहेको छ, तैपनी अर्काेलाई सहयोग गरिरहनु भएको छ, यो धेरै सराहनीय कार्य हो ।’ उहाँले सिधै राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीपरिषदले अधिकार दिइसकेकाले स्थानीय बजारबाट आपूर्ति गरी तुरुन्तै राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
‘बाढी र डुबानका कारण पूरै तराई प्रभावित भएको छ त्यसमा पनि रौतहटको स्थिति अझै भयावह छ ।’ मन्त्री साहको भनाई रहेको थियो । उहाँले स्थानीय सरकारी अधिकारीलाई भौतिक पूर्वाधारको स्थिति खास गरी नदि कटान र सडक यातायातलाई विशेष ध्यानमा राखेर कार्य अगाडि बढाउन निर्देशन दिनुभयो ।
बाढी प्रभावित क्षेत्रको स्थिति बुझ्न र राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफू आएको बताउनुहुँदै उहाँले सरकारले तत्काल पीडितहरुलाई उद्धार, राहत र सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिको यकिन विवरण प्राप्त भएपछि त्यसको विशेष सम्बोधन हुने उहाँको भनाई रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ