दिल्ली पुर्‍याईएकी एक नेपाली महिलो ३० जनाबाट बलात्कृत 

दिल्ली पुर्‍याईएकी एक नेपाली महिलो ३० जनाबाट बलात्कृत 

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं,साउन ३१। 

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत भएकी एक छन् ।

भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी नेपाली चेली बलात्कारको सिकार भएकी हुन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ ।

जीबी रोडस्थित एक वेश्यालयमा छापा मार्ने क्रममा ती महिला फेला परेको बताइएको छ । पीडित महिलाको पहिचान खुलाइएको छैन । ती महिलालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनलाई दुबईमा रोजगारी दिलाइदिने आश्वासन दिएर नेपालबाट दिल्ली ल्याइएको हो ।

ती महिलाले भनिन्, ‘यसअघि पनि एक पटक प्रहरीले छापा मार्ने हल्ला चलेको थियो, मलाई आशा लागेको थियो कि अब म यहाँबाट निस्कन सक्छु, तर साहुनीले हामीलाई प्रहरीको नजरबाट जोगाउँदै अन्तै लगेर राख्न सफल भइन् ।’

दिल्ली महिला आयोगका मिडिया सल्लाहकार भूपिन्दर सिंहका अनुसार ती महिलालाई बेश्यालयमा राखिएको थियो । ‘उनलाई कयौं दिनसम्म भोकै राखिएको रहेछ,’ सिंहले भने, ‘अहिलेसम्म उनलाई ३० पुरुषसँग यौनसम्पर्कका लागि बाध्य पारिएको रहेछ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ