बाढीपीडितको उद्धारमालाग्ननेपाल जेसिजकाराष्ट्रिय अध्यक्षको आग्रह,५ हजार भन्दा बढी उद्धारमा

बाढीपीडितको उद्धारमालाग्ननेपाल जेसिजकाराष्ट्रिय अध्यक्षको आग्रह,५ हजार भन्दा बढी उद्धारमा

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, साउन ३०।
केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराइकाजिल्लाआएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमालाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरु बाढी पीडितको सहयोगतथा उद्धारमामालागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्थागरिरहेका छन् ।

कतिपय स्थानमाखानापकाएर खुवाइरहेको जानकारी दिदैं नेपाल जेसिजका राष्ट्रिय अध्यक्षप्रकाशअधिकारीलझापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमाआफ्ना सदस्यहरु उद्धार कार्यमालागिरहेको बताए ।

अध्यक्षअधिकारीले काठमाडौंमा रहेको जेसिजकाशाखा र बिभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर राहत संकलन र बितरण शुरु गरिसकेको जानकारी दिए ।

नेपाल जेसिजबाट पाउने सुबिधाको रकमबाट बाढी पीडितकालागि खर्च गर्ने घोषणा गर्दै अध्यक्षअधिकारीले तन मनबाट बाढीपिडितको सहयोगमालाग्न जेसिज सदस्यहरुलाइआग्रह गरे ।


केन्द्रियपदाधिकारीहरुले उद्धारको कार्यलाई प्रभाबकारी बनाउन सम्बधितस्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढी पीडितका लागि सक्दो सयहोग गर्न नेपाल जेसिजले सर्बसाधारणलाइ आग्रह गरेको छ ।
नेपाल जेसिजले यसअघि भुकम्प पीडितहरुलाई स्वतस्र्फुत संकलनभएको ३ करोड बराबरको सामानहरु उपलब्ध गराएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ