गृहमन्त्रीले रोक एनजीओ र आईएनजीओको मनोमानी :  बाढीपीडितलाई राहत बितरणमा एकद्वार नीति लागू

गृहमन्त्रीले रोक एनजीओ र आईएनजीओको मनोमानी :  बाढीपीडितलाई राहत बितरणमा एकद्वार नीति लागू

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं , ३० साउन ।

सरकारले बाढी पीडितलाई राहत वितरणमा एकद्वार नीति लागू गरेको छ ।

दैवी प्रकोप उद्धार समितिको आज बसेको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभयो ।

अबदेखि एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् ।

नगद राहत दिनेहरुले प्रधानमन्त्री केन्द्रीय दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय गर्दै बैठकले गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

राहत सामाग्री त्रिपाल, भाँडाकुँडा, खाद्यान्न दाल, चामल, नुन, तेल, ड्राइफुड, नयाँ लत्ताकपडा लगायतका सामग्रि समितिसँग समन्वय गरी थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाममा वा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गोदामघरमा जम्मा गर्नुपर्नेछ ।

बैठकमा गृहमन्त्री शर्माले १० दिनभित्र बाढी, पहिरो र डुबानले र्पुयाएको क्षतिको विवरण संकलन गरिसक्न निर्देशन समेत दिनुभएको छ ।

१० दिनभित्र तथ्यांक संकलन गरेर कार्यान्वयन गर्न सकिने खालको स्पष्ट रणनीति बनाउन उहाँको निर्देशन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ