प्रतापुर गाउपालिका वार्ड न.१ देखि ९ सम्मका वर्डाहरू डुबानमा

प्रतापुर गाउपालिका वार्ड न.१ देखि ९ सम्मका वर्डाहरू डुबानमा

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

संजय कुशवाहा नवलपरासी ,साउन २९ ।

लगतार अबिरल बर्षाले गर्दा नवलपरासीको दक्षिणी सिमा वर्ती क्षेत्र प्रतापुर गाउपालिका वार्ड न.१ देखि ९ सम्मका वर्डाहरू डुबानमा परेको छ ।तर वर्डा न.३ सोमनीमा राति बाढी आएको ले सोमनीका बासिन्दाहरू बिचलितमा परेको छ ।

प्रतापुर गाउपालिका ३ सोमनी अमाहवा,नन्पुर,बरगदवा­ त्यस्तै वार्डा न.४ मा ठूलो खैरेटवा,हरखपुरा साथै वर्डा न.६ मा गुठी परसौनी,कठहवा,हरपुर लगायतका अन्य वर्डाहरूको भूभागडुबानमा पर्दा स्थानीयवासीहरू ले बिचल्ली भएका छन ।

प्रतापुर गाउपालिका का हरेक वर्डाहरूमा आएको बाढीले मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।त्यस्तै बाढीले गर्दा वडा न.३ सोमनीका अर्जुन हरिजनको कचि घर ढले पछि एउटै परिवारका पाँच जना घाइते भएका छन ।घाइतेहरू लाई स्थानीयहरूले उदार गरि समुदायीक सहिद स्मृति अस्पताल चौपता पठाईएको नेभिसंघ जिल्ला सदस्य अनोज यादव बताएका छन ।

यादवले दिएको जानकारी अनुसार बाढीले गर्दा करिब सयौं डुबानमा परेको घरहरूमा भएको खदान,कपडा ,आवस्यक कागजात आदि समेत बगाएर लगेको छ ।दक्षिणी क्षेत्रमा आएको बाढीले महेशपुर,भुजहवा,ठूलो खैरेटवा,गुठी परसौनी,पक्लिहवाका जाने भित्री सडक खण्ड पुर्ण रूपमा यातायात अवरुद्ध भएको छ ।त्रिवेणी क्षेत्र लगायत दक्षिणी क्षेत्रहरू जलमग्न भएको हुनाले स्कुलका पठनपाठन बन्द भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ