प्रम देउवाको सम्पत्तिमा भ्रष्टाचारको गन्ध , जसको कुकुरले नै दैनिक ३ हजारको खाना खान्छ ! (भिडियाे)

प्रम देउवाको सम्पत्तिमा भ्रष्टाचारको गन्ध , जसको कुकुरले नै दैनिक ३ हजारको खाना खान्छ ! (भिडियाे)

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निकायमा रहेको बेला भ्रष्टाचार हुनसक्ने भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका छन् । ‘एन्टि करप्सन मुभमेन्ट नेपाल’ नामको संस्थाले हालै प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण नबुझाएको भन्दै उनको नियतमाथि गम्भीर प्रश्न उठाएको छ । उक्त संस्थाले एक भिडियो मार्फत प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन २०५९ को अपहेलना गरेको र ऐन बिपरित कार्य गरेको भन्दै उनलाई जहिले पनि कानुन बमोजिम कारवाही गर्न सकिने बताएको छ ।

भ्रष्टाचार निवारण एने २०५९ को दफा ५० को उपदफा २ का अनुसार ः कुनै पनि सरकारी पदाधिकारी भर्ना भएको मितिले ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । सम्पत्ति बुझाउन नसकेको खण्डमा कारण सहित पत्र बुझाएको अवस्थामा ३० दिनको म्याद थप पाउने व्यवस्था छ ।

उक्त संस्थाले प्रधानमन्त्री देउवाको सम्पत्तिमाथि थुप्रै आशंका गरेको छ । ‘प्रधानमन्त्री हुनु र सम्पत्ति कमाउनु दुई फरक कुरा हुन् । उनको सम्पत्ति श्री ५ महाराजको सम्पत्ति भन्दा कम छैन । तर कसरी आयो यति धेरै सम्पत्ति ?’ संस्थाका एक प्रतिनिधिले भिडियो मार्फत सोधेका छन्, ‘पढ्नका लागि डडेलधुराबाट पढ्न भनी सामान्य कपडा मात्रै लिएर आएका देउवाले कसरी यति सम्पत्ति कमाए ?’

भिडियोमा बोल्ने संस्थाका ति प्रतिनिधिले भनेका छन्, ‘नेताहरुसँग सम्बन्ध बढाएर देउवा पढ्नका लागि २०४४ सालमा बेलायत गएको कुरा उल्लेख गर्दै त्यसबेला सम्म पनि उनको साथमा सम्पत्ति निश्चित मात्रै रहेको बताएका छन् । उनका अनुसार देउवा बेलायत छँदा ०४६ सालमा हप्ताको १ सय ३५ पाउण्ड तलव लिएर बिबिसीमा जागिर खाएका थिए । त्यस क्रममा उनी ५ पाउण्डको सस्तो मुल्यमा बिहान–बेलुका खाना खाएर एक रेष्टुरेण्टको सोफामा सुत्थे ।

संस्थाले भारतीय प्रधानमन्त्रीको उदाहरण दिँदै देउवाले अकुत सम्पत्ति कमाएको बताएको छ । जब की, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत सम्पत्ति छैन । नेपालका प्रधानमन्त्रीको सम्पत्ति भने कति छ उनी आफैँलाई थाहा छैन । संस्थाका ति प्रतिनिधिले किटान साथ भ्रष्टाचार गरेको ठहर गर्न नसके पनि उनले भ्रष्टाचार गरेको गन्ध आएको बताएका छन् । काठमाडौंमा उनको विलाशी जीवन हेर्ने हो भने सम्पत्ति सुद्धिकरण, अख्तियार र अन्य निकायले पनि उनको सम्पत्तिबारे समात्न सक्ने थुप्रै प्रमाण छन् ।

https://www.facebook.com/AnticorruptionMovementNepal/videos/1194804210625143/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ