बाढीले कटान गरेको सडकमा जीप दुर्घटना , सुत्केरी गराउन हिँडेको एकै परिवारका ६ जनाको मृत्यु

बाढीले कटान गरेको सडकमा जीप दुर्घटना , सुत्केरी गराउन हिँडेको एकै परिवारका ६ जनाको मृत्यु

  • आइतवार, साउन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

गौर,२९ साउन ।
रौतहटमा सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवा चौकस्थित लालबकैया नदीमा डुबेको थियो।

परोहा गाँउपालिका वडा नं ०३ लौकाहाका रामसेवक प्रसाद यादवको बुहारीलाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चन्दन किशोर यादव, सरोजकुमार यादव, चन्दनकी श्रीमती, आमा, र छोरी रहेको स्थानीय सत्रुघन सिंहले जानकारी दिए।

यसैबीच रौतहटको विभिन्न क्षेत्र डुबानमा परेको छ। सदमुकाम गौर नगरपालिका जलमग्न बनेको छ। रौतहट प्रहरीका अनुसार जिल्लाका ४ सय बढी घर डुबानमा परेको छ। गरुडा नगरपालिकासहित कटहरिया, शिवनगर, समनपुर, बरियारपुर, राजपुर, गङ्गापिपरा, मत्सरी झुन्खुन्वा, हजमिनिया बजारहरु डुबानमा परेका हुन्।

जिल्लाको लाल बकैया, बागमती, झाझ, चादी, अरुवा, लमहा नदीको बाढीले ती क्षेत्रहरु डुबान परेको प्रहरीले जनाएको छ।

त्यस्तै रौतहटको समनपुरस्थित निर्माणधीन पुलमा ६ जना कामदार बाढीमा फसेका छन्। उनीहरु क्रेनको टुप्पामा बसेर उद्धारको पर्खाईमा छन्। इलाका प्रहरी कार्यालय समनपुरमा सई मदनका ठाकुर अनुसार उनीहरु उद्धारको पर्खाईमा छन्। पानीको सहत बढेकाले उद्धार कार्यमा समस्या भइरहेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ