कसले पहिले हान्छ क्षेप्यास्त्र ?

कसले पहिले हान्छ क्षेप्यास्त्र ?

  • शुक्रबार, साउन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी साउन २७ । उत्तर कोरीया र अमेरीकाकाको तनावले युद्धको रुप लिने खतरा बढेको छ । उत्तर कोरीयाले आफूमाथि प्रतिवन्धको विरोध गर्दै प्रशान्त महासागरमा रहेको अमेरीकी अखडामा हमला गर्ने समयसिमा तोके पछि अमेरीकाले पनि उत्तर कोरीयालाई विध्वंश गर्ने धम्की दिएको छ ।
यस्तोमा कसले पहिला क्षेप्यास्त्र प्रहार गर्ने हुन् भन्ने चिन्ता बढ्न थालेको छ । उत्तर कोरीयाका युवा राष्ट्रपति किम जोगं उन र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै आक्रामक शैलीमा एक अर्का विरुद्ध उभिएका छन् र बिध्वंशको धम्की दिईरहेका छन् ।
यसबीच अब कोरीयाली प्रायद्धिपमा युद्ध भएमा यसको प्रत्यक्ष प्रभाव चीन तथा रुसमा समेत पर्ने छ । यस्तो अवस्थामा उत्तरकोरीयामाथि विनाशकारी हमला भएमा चीनले उत्तर कोरीयालाई सघाउने अनुमान बढ्न थालेको छ ।
चीनीया पत्रिका ग्लोबल टाईम्सले उत्तरकोरीयामाथि अमेरीकाले आक्रमण गरे र सत्ता परिवर्तनको खेल खेले चीनको हित प्रभावित हुने भएकाले तठस्थ बस्न नहुने टिप्पणी गरेको छ । यद्यपि, चीनले आधिकारीक रुपमा यस विषयमा बोलेको छैन ।
साथै प्रायद्धिप युद्धले शक्तिशाली मुलुक रुसमाथि पनि असर पर्ने भएकाले कतै यो युद्धले अन्तराष्ट्रिय मोड त लिदैन भन्ने गंभीर आशका पैदा भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ