दाङ, २५ साउन । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिप्रा डा कुलप्रसाद कोइरालाले पत्रकारले सत्य, निष्पक्ष र युगान्तकारी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।
दाङमा आज आयोजित एक कार्यक्रममा सञ्चार माध्यम आवाजविहीनको आवाज भएकाले त्यस्ता वर्गको आवाज मुखरित गर्नुपर्नेमा जोड दिनुभयो ।
उपकुलपति कोइरालाले संस्कृत भाषालाई महत्व दिन छोडेकामा चिन्ता व्यक्त गदै नेपालको संस्कृति र ऋतिरिवाजलाई बचाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
विश्वविद्यालयमा धेरै राजनीति भएकाले पठनपाठन कमजोर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विश्वविद्यालयमा नौ महिनासम्म ताला लाग्छ, अनि कसरी हुन्छ यसको विकास ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline