उपचारका लागी भारत पुगेका नेपाली युवा सिलगुढीबाट पक्राउ , गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप

उपचारका लागी भारत पुगेका नेपाली युवा सिलगुढीबाट पक्राउ , गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, साउन २५।

आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई भारतीय प्रहरीले सिलिगुढीबाट पक्राउ गरेको छ ।

दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो ।

आमाको पेटको उपचार गराउन सिलिगुढी स्थित फेमेली क्लिनमा पुगेका फागोलाई क्लिनक परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।

गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोर्खाल्याण्ड आन्दोलनप्रति कुनै संलग्न नै नभएको र विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीेले अत्याचार गरेको भन्दै उनकी दिदी साधना फागोले तत्काल रिहाइको माग गरेकी छन् ।

मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको दाजु शरन फागोले जानकारी दिए ।

पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए ।

उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध पुर्‍याएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन् ।

दिदी साधनाले भनेकी छन्, ‘हामीलाई गोर्खाल्याण्ड आन्दोलनबारे सरोकार नै छैन, यता आइरहनु जरुरी पनि छैन तर उपचारका क्रममा आउँदा प्रहरीले गम्भीर मानवअधिकारीको उल्लघंन गरेको छ’,उनले भनिन- मेरो भाईलाई तत्काल रिहा गरियोस ।’

गोर्खाल्याण्ड आन्दोलनमा नेपालीको घुसपैठ भएको आरोप लगाउँदै आएको बंगाल सरकारले पहिलो पटक नेपाली युवा फागोलाई निशाना बनाएको हो ।

फागोका परिवारले न्यायका लागि पहल गरिदिन सम्बन्धित पक्षसँग आव्हान गरेका छन् । उनलाई विना शर्त रिहाइका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।

सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ