काठमाडौं, साउन २५।
आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।
आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् ।
दिवसको अवसरमा आज मध्यान्ह १२ बजे काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झाँकीसहितको ¥याली निकाल्ने तयारी भएको बताइएको छ ।
उक्त र्याली भद्रकाली, शहिदगेट, न्यूरोडगेट, रत्नपार्क, पुराने बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कोण सभामा परिणत हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline