एनएमएको निर्वाचन धाँधली भएको प्रमाण सहित पुनः निर्वाचनको माग

एनएमएको निर्वाचन धाँधली भएको प्रमाण सहित पुनः निर्वाचनको माग

  • बुधबार, साउन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

 काठमाडौँ, २४ साउन । नेपाल पर्वतारोहण संघ (एनएमए) को यही २१ गते सम्पन्न निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ । निर्वाचनमा धाँधलीको सप्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित उक्त समूहले आज पत्रकार सम्मेलन गरी निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट नेतृत्व लिई संस्थाको छवि गिराउने काम भएकोे ठहर गरेको हो । पुनः निर्वाचन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएको र प्रशासनबाट उचित निर्णय नआए कानूनी उपचारका लागि अदालत जाने जनाएको छ ।  अध्यक्षका प्रत्यासी शेर्पाले निर्वाचनमा दूषित मनसायबाट प्रेरित भई कुनै व्यक्ति÷समूह विशेषलाई जिताउने अभिप्रायबाट निर्वाचन गैरकानूनीरुपमा भएको पाइएकाले कानूनी उपचारका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले निर्वाचनको मतदान चलिरहेका बेला संघको कार्यालय खोली फर्जी परिचयपत्र बनाएर मतदान गराउने कार्यमा संघकै कर्मचारी र अनुगमनका लागि खटिएका एक सरकारी अधिकारी पनि संलग्न भएको पाइएको बताउनुभयो । यद्यपि, ती कर्मचारीको नाम खुलाइएको छैन । पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणअनुसार संघका पूर्व कोषाध्यक्षसमेत रहनुभएका सचिवका प्रत्यासी टीकाराम गुरुङले उम्मेदवारको परिचयपत्रसहित मतदानका बेला दिउँसो २ बजेतिर संघको कार्यालय खोली नक्कली परिचयपत्र बनाई पैसासमेत दिएको पाइएको छ । त्यस कार्यमा संघका एक सहायक कर्मचारी पनि संलग्न रहेको देखिएको छ ।
निर्वाचनको भोलिपल्ट विपक्षी समूहले धाँधली गरेर परिणाम तलमाथि पारेको भन्ने आधारमा शेर्पा समूहले संघको ‘फुटेज’ माग गरी हेर्दा सचिवका उम्मेदवार टीकाराम गुरुङले संघका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी गैरकानूनी तरिकाबाट गैरसदस्यको परिचयपत्र बनाई आफ्नो पक्षका लागि मतदान गर्न प्रयोग गरेको शेर्पा समूहको संयुक्त निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शेर्पा समूहबाट महासचिवमा निर्वाचन कुलबहादुर गुरुङले निर्वाचनमा भएको गतिविधि दुःखद् भन्दै सम्बन्धित निकायले दिएको कानूनी निर्णय स्वीकार्य हुने बताउनुभयो । यता संघका नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले निर्वाचनमा बेहोरेको हारलाई सहन नसकेर शेर्पा समूहले अनर्गल प्रचार गरिरहेको र यसबारे सत्यतथ्य बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रतिक्रिया दिनुभयो । फर्जी मतदानका सम्बन्धमा अध्यक्ष लामाले मतदानका लागि परिचयपत्र अनिवार्य या नभए नागरिकता र सवारी चालक अनुमतिपत्र दुवैले मतदान गर्न पाउने व्यवस्था भए पनि कुनै पनि परिचयपत्र नभएका मतदाता (जसले रु १०० तिरिसकेका थिए) त्यस्ता व्यक्तिको परिचयपत्र बनाएको सत्य भएको उल्लेख गर्नुभयो ।  संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जिङ्बा जाङ्बु शेर्पाले ३१६ मत प्राप्त गर्नुभएको थियो । महासचिव र तीन जना सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा लामा समूहले जितेको थियो ।
एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका हुन् । तीनवर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमिति हुनेछ । निर्वाचनमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी