खान नदिई पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

खान नदिई पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

इलाम ,२४ साउन ।  

पूर्वी नेपालको पाँचथरकी बिमला न्यौपानेले आफू १२ सय कुवेती दिनारमा बेचिएको खुलासा गृहमन्त्री जनाद्र्धन शर्मा समक्ष गरेकी छन् । ‘कुवेतमा मलाई एउटा घरमा राखियो,घरमालिकले मलाई १२ सय कुवेती दिनारमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले गृहमन्त्री शर्मा समक्ष भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।’

करीव एक साता अघि उद्धार गरी नेपाल ल्याइएकी बिमला आफ्ना श्रीमान नविन शर्मासँग सोमबार गृहमन्त्री शर्मालाई भेटन् मन्त्रालय पुगेकी थिइन । २०७३ चैतमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै हुँदै कुवेत पुर्‍याएका थिए ।
आफुलाई सशस्त्र प्रहरीका पूर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुरयाइएको जानकारी गृहमन्त्री शर्मालाई गराइन । न्यौपानेले कुवेतमा दुःख पाएको खवर परिवारले पाएपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए ।
बिमलाका अनुसार भक्तवहादुरको समूहले कुवेतमा कार्यालय नै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफूलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गरी फेरी अर्को घरमा काम गर्न पठाएको बिमलाले बताइन ।

गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्मा गृहमन्त्री भए लगत्तै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्धार गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ