कमजोर कुटनीतिका कारण नेपाली कामदार विदेशमा दुख भोग्न बाध्य : श्रम समिति

कमजोर कुटनीतिका कारण नेपाली कामदार विदेशमा दुख भोग्न बाध्य : श्रम समिति

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं , २४ साउन ।

ब्यावस्थापिका संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कमजोर र प्रभावहीन कुटनीतिका कारण नेपाली कामदारले विदेशमा दुख पाउने गरेको निष्कर्ष निकालेको छ ।

समिति अन्तरगतको खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिले सोही निश्कर्ष सहितको स्थलगत अध्ययन प्रतिवेदन आज समितिको पूर्ण बैठकमा पेस गरेको हो ।
सिंहदरबारमा आज बसेको बैठकमा उपसमितिले पेस गरेको लिखित प्रतिवेदनमा कमजोर कुटनीतिका कारण वैदेशिक रोजगारमा गएका नेपालीले दुख पाएको उल्लेख छ ।

संगठित मानव तस्करी र बेचविखन, मानव ओसारपसार र तस्करी नियन्त्रणमा राज्यका निकायको वेवास्ता, वैदेशिक रोजगारीमा व्यापक ठगी, दोहोरो सम्झौताका कारण श्रम शोषण, खाडी मुलुकमा प्रचलित काफला प्रणालीका कारण उत्पन्न समस्या, नाम मात्रको अभिमुखिकरण तालिम लगायत विषय प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले अपर्याप्त र अनुपयुक्त बसोबास र खानपान, घरेलु कामदारको दयनीय अवस्था र नेपालीहरुकै कारण खाडी मुलुकमा वैदेशिक रोजगारमा गएका नेपालीले अनावश्यक दुस्ख पाउने गरेको निश्कर्ष निकालेको छ ।

प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यले गलत बाटो प्रयोग गरी नेपालीलाई खाडी मुलुक र्पुयाउने मेनपावर कम्पनी किटान गरी कारबाही गर्नुपर्ने माग गरेका थिए ।

साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स लगायत खाडी मुलुकमा रहेका कामदारको अवस्था बुझ्न समितिले गत मंसिर ७ गते तत्कालीन सभापति प्रभु साहको संयोजकत्वमा ८ सदस्यीय उपसमिति बनाएको थियो । उपसमितिले गत चैत ५ देखि १४ गतेसम्म १० दिन खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे यथास्थिति बुझेको थियो ।

उपसमितिले मौखिक रुपमा पेस गरेको प्रतिवेदनमा समितिको गत चैत २० गतेको बैठकले द्धिपक्षीय श्रम सम्झौता नभएका खाडी मुलुकमा नेपाली घरेलु कामदार नपठाउन सरकारलाई निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ