करोड बढी ठगेर एमाले कार्यकर्ता फरार

करोड बढी ठगेर एमाले कार्यकर्ता फरार

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, साउन २४ । करिब एक करोड रकम उठाई फरार भएका एमाले समर्थित युवा सङ्घका एक कार्यकर्ताबाट पीडित युवाहरूले सञ्चार माध्यममार्फत आफ्ना  पीडा पोखेका छन् ।

युवा सङ्घका गण्डकी अञ्चल सचिवालय सदस्य विष्णुप्रसाद  पाठकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया हुँदै जर्मनी पठाइदिने भन्दै रकम उठाई गत कात्तिकदेखि फरार भएका हुन् ।

वालिङ नगरपालिका १३ स्याङ्जाका पाठकले संयुक्त राष्ट्रसङ्घको स्वयम्सेवी कामदार बनेर दक्षिण कोरियामा तीन महिना र त्यसपछि जर्मनीमा काम गर्ने आश्वासन देखाई युवाहरूसँग पैसा उठाएका थिए । फरार पाठकले २० जना युवासँग प्रति व्यक्ति चार लाख तीन हजार रुपियाँ  उठाएका थिए । पीडित युवाहरूले सरकारी वकिलको रोहबरमा कागज गरी रकम बुझाएका थिए ।

गत वर्षको असार १५ मा विदेश उड्ने समयसीमा दिएको पीडितहरूले बताए । तर पाठकले दिएको समयमा युवाहरू उड्न पाएनन् । तर पाठकले ढिलो होला तर काम हुन्छ भन्दै अल्झाइराखे । पाठकले युवाहरूलाई विश्वास दिलाउन चारवटा बैङ्कका तीन महिनापछिको मिति राखी चेक पनि दिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ