ललितपुर कुसुन्तीमा गोली चल्यो, घाइते प्रविण खत्रीको मृत्यु

ललितपुर कुसुन्तीमा गोली चल्यो, घाइते प्रविण खत्रीको मृत्यु

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ: ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा आज (सोमवार) गोली चलेको छ । गोली लागेर लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ ।

प्रहरीले भने उनको उपचारका क्रममा मृत्यु भएको दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको पनि प्रहरीको दावी छ ।

प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर खत्री घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित रहेको र  कुसुन्तीमा एउटा घर पछाडि खत्रीलाई गोली लागेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

स्रोतका अनुसार खत्री आफनै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए। खत्रीलाई प्रहरीले लखेटेको थियो । ‘अन्त्यमा खत्री आफैले आफनै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’प्रहरीले भनेको छ ।

प्रहरीले खत्रीबाट नाइन एमएमको दुई वटा अटोलोडेड पेस्तोल फेला पारेको छ । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले अस्पतालबाट खत्रीको मृत्यु भइसकेको जानकारी आफूले पाएको अन्नपूर्ण अनलाईनलाई बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ