आजको चन्द्रग्रहणले कुन राशीमा कस्तो पार्छ असर ? के-के गर्नु हुँदैन ?

आजको चन्द्रग्रहणले कुन राशीमा कस्तो पार्छ असर ? के-के गर्नु हुँदैन ?

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

२३ साउन, काठमाडौं । सन् २०१७ को पहिलो चन्द्रग्रहण नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा लाग्दैछ ।  चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिन्छ ।

ग्रहण लाग्दा के-के गर्नु हुँदैन ?

चन्द्रग्रहण वा सूर्यग्रहणमा पूजापाठ गरी दान गरेमा शुभ फल प्राप्त हुने विश्वास छ । तर, चन्द्रग्रहण लागेको बेला मांगलिक कार्य गर्नु हुँदैन । चन्द्रग्रहणमा गरेको मांगलिक कार्यबाट फल प्राप्त नहुने धार्मिक विश्वास छ । त्यसैले आज परेको जनैपूर्णिमा यही साउन १३ गते नागपञ्चमीकै दिन मनाइसकिएको छ ।

ग्रहणको पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घरभित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहण सकिएलगत्तै ग्रहणको पूजा गर्दै दान दिएमा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास छ ।

चन्द्र ग्रहणले राशीमा पार्ने असर 

मेषः मेष राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्दछ । कुनै पनि कुरालाई लिएर मन चिन्तित र खिन्न बनाउनु हुँदैन ।

वृषः वृष राशिका व्यक्तिहरु कुनै प्रकारको पारिवारिक समस्यामा फस्न सक्ने सम्भावना बढी छ । साथै आफ्नो सन्तानसँग जोडिएका विषयलाई लिएर चिन्ता बढ्न सक्दछ ।

मिथुनः मिथुन राशिका व्यक्तिहरुलाई चन्द्रग्रहणले लाभ दिन्छ । साथीहरुको सम्बन्धबाट सुख र सहयोग प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशीका व्यक्तिहरुलाई आजको चन्द्रग्रहण शुभ मानिएको छैन । जीवनसाथीलाई कष्ट हुने योग छ । खर्च बढ्ने र मानसिक तनाव हुनसक्ने छ ।

सिंहः सिंह राशी भएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आउनसक्छ । कुनै न कुनै कुराले तनाव रहिरहन सक्छ । कष्टको अनुभूति पनि हुन्छ ।

कन्याः कन्या राशी भएका व्यक्तिहरुलाई पैसाको संकट पर्नेछ । खर्चलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । व्यय बढ्ने र मान सम्मानमा आँच आउने भएकाले विशेष सजग हुनपर्ने छ ।

तुलाः तुला राशी भएकाहरुलाई आजको चन्द्रग्रहण शुभ छ । आज धेरै खुसी प्राप्त हुनेछ । बिग्रेका कामहरु बन्ने छ । घर गृहस्थीको स्थितिमा सुधार हुनेछ ।

वृश्चिकः वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।

धनुः धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

मकरः मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् । शारीरिक कष्ट पनि हुनसक्ने योग छ ।

कुम्भः कुम्भ राशी भएकाहरुलाई पनि आजको दिन राम्रो छैन । धन सम्बन्धी मामिलामा सावधानी अपनाउनुपर्ने छ । धन हानीको योग छ । आफ्ना नराम्रा आनिबानी आजैको दिनबाट सुधार्दा राम्रो हुन्छ अन्यथा त्यसैबाट नकारात्मक असर पर्ने छ ।

मीनः मीन राशी भएकाहरुलाई आजको चन्द्रग्रहण अनुकल रहनेछ । तर, धन सम्बन्धी मामलामा भने सावधानी रहनुपर्ने छ । धन हानीको आशंका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी