काठमाडौंका मेयर शाक्यका लागी १ करोड २० लाखको विलासी गाडी

काठमाडौंका मेयर शाक्यका लागी १ करोड २० लाखको विलासी गाडी

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौंमा आइपुगेको छ ।

भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।

मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

‘सडकको खाल्डो किन पुरिएन भनेर जनताले सोध्दा मेयरसाहबले मितब्ययिताको भजन गाउनुभयो । अहिले बिलासी गाडी चढ्ने चाहनाले नै उहाँको महानगरप्रतिको प्रतिवद्धतामा ठेस लाग्यो’ एक जनप्रतिनिधिले भने ।

उपमेयरलाई ८० लाखको गाडी

मेयरलाई मात्र होइन, उपमेयर हरिप्रभा खड्गीलाई पनि ८० लाखको नयाँ गाडी मगाइएको छ । यो गाडी वीरगञ्ज भन्सारमा आइपुगेको स्रोतले बताएको छ ।

यो वर्ष महानगरले जनप्रतिनिधिका लागि गाडी किन्न मात्रै ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमध्ये २ करोड मयेर र उपमेयरकै गाडीका लागि खर्च हुनेछ ।

अब मेयर शाक्यले आफू नजिकका केही वडाअध्यक्षलाई पनि यसैवर्ष गाडी दिने योजनाअनुसार ठूलो रकम छुट्याइएको दाबी महानगर स्रोतको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी