काठमाण्डौ , २३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आकस्मिक केन्द्रिय कमिटि बैठक बोलाएको छ । पार्टी एकता भएको ६ महिना भित्रै पार्टी बिभिाजन भएपछि भावी रणनिति तय गर्न बैठक बोलाईएको हो ।
धुम्बाराहि स्थिीत पार्टी कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा वरिष्ठ नेता पशुपति शमसेर राणाको नेतृत्वमा हिजो भएको पार्टी बिभाजन तथा पार्टीको आगामि रणनितिका बिषयमा छलफल हुने संगठन प्रमुख राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
संबिधान संसोधन , सरकारमा पार्टीको सहभागीता र केन्द्रिय समिति बिस्तारमा असहमती जनाउदै आएके राणा पक्षले हिजो औपचारीक रुपमा राप्रपा बाट अलग्गिएको घोषणा २२ सांसद सहित निर्वाचन आयोगमा गएर अलग्गै पार्टी दर्ता गराएको छ ।
तर थापा पक्षले भने केन्द्रिय सदस्यको किर्ते हस्ताक्षर गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको दाबी गरेको छ ।
पार्टी एकिकरणपछि ३४ सांसद सहित संसदको चौथो ठुलो शत्ति बनेको राप्रपा बिभाजनसँगै कमजोर बनेको छ । हाल थापा पक्षमा १५ र राणा पक्षमा २२ सांसद रहेका छन् ।