रसुवा ,साउन २३ ।
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएको पहिरोमा ११ घर पुरिँदा ४ जना वेपत्ता भएका छन् ।
पहिरोमा पुरिएका अअन्य ४ जनालाई उद्धार गरी उपचारका लागी अस्पताल लगीएको छ ।
घाइेते मध्ये एक जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका श्रीनाथ गणका गणपति रोहित गुरुङले बताउनु भयो ।
पहिरोमा वेपत्ता हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नाति सविन थापामगर र धर्मबहादरको घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् ।
वेपत्ताको खोजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
गएराति ११ बजे गएको पहिरोमा परि बेपत्ता भएकाहरुको आज बिहानदेखि पुन नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना ,स्थानीय लगायतको टोलीले खोजी कार्य जारी राखेको छ ।
बस्तीमाथिबाट आएको लेतेपहिरोले स्थानीय तेजबहादुर घले, खड्गबहादुर घले, पुना घले, दिपक घले, कान्छी थापामगरको घर पहिरोले पुरेको छ । त्यसैगरी देवकी थापामगर, धर्मबहादुर थापामगर(दुईवटा), हरिबहादुर घले, गोपाल थापामगर, लालबहादुर थापामगरको गरी ११ वटा घर पहिरोले पुरेको न्यौपानेले जानकारी दिनुभयो ।
पहिरोले पुरिएका कारण घटनास्थल पुग्न बाटो बनाउँदै जानुपर्ने र अझै पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भएको उद्धारमा संलग्नले जनाएका छन् ।