भोलि (सोमबार) चन्द्रग्रहण, शास्त्रीय नियमअनुसार के–के निषेध ?

भोलि (सोमबार) चन्द्रग्रहण, शास्त्रीय नियमअनुसार के–के निषेध ?

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन २२ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार (भोलि) राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भोलि सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर छ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एकबजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

एकघण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कनेछ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो दुई बजेर सातमिनेटदेखि भोजन निषेध गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ