फेरि फुट्यो राप्रपा, बहुमत केन्द्रीय सदस्यसहित राणाले गरे नयाँ पार्टी दर्ता

फेरि फुट्यो राप्रपा, बहुमत केन्द्रीय सदस्यसहित राणाले गरे नयाँ पार्टी दर्ता

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २२ साउन ।

पार्टी एकता भएको तीन महिनामै असन्तुष्टी देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा औपचारिक रुपमै विभाजित भएको छ । ४० प्रतिशत बढी केन्द्रीय सदस्यसहित राप्रपा नेता पशुपतिसम्शेर राणाले पार्टी फुटाएका हुन् ।

राणाले २२ जना सांसद र ७२ केन्द्रीय सदस्यसहित राणाले आइतबार नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । एकतापछि ३७ जना सांसद रहेको कमल  थापा नेतृत्वको राप्रपामा अब १५ जना सांसद मात्रै हुनेछन् । पार्टी एकता हुनु भन्दा अघि थापा नेतृत्वको राप्रपा नेपालमा २४ सांसद थिए । राणाले राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरेका छन् ।

कमल थापाले पार्टीमा एकलौटी गरेको भन्दै राप्रपाको एकता महाधिवेशन लगत्तै नेता प्रकाशचन्द्र लोहनीले पनि पार्टी छाडेका थिए । थापालाई छाडेर गएका लोहनीले नयाँ पार्टी नै गठन गरिसकेका छन् ।

राप्रपा नेता तथा पूर्वमन्त्री दीपक बोहराको नेतृत्वमा गएको समूहले पार्टी विभाजनको जानकारी पत्र सभामुख ओनसरी घर्तीलाई पनि बुझाइएको छ । राणाको समूहमा बोहरासहित केन्द्रीय सांसदहरु सुनील थापा विक्रम पाण्डे, सीता लुइँटेल, कमला शर्मा, बबिना मोक्तान, रमेश तामाङ, रेशम लामा, विराज विष्ट, रामकुमार सुब्बा, परशुराम खापुङ, सयन्द्र बान्तवा, राज्यलक्ष्मी, स्ताक आलम, राजेश्वरी लगायत छन् ।

निर्वाचन अयोगमा दर्ता गरिएपछि सभामुखसमक्ष दर्ता गर्नु नपर्ने प्रावधान रहेकाले सभामुखलाई जानकारी मात्र गराएर निर्वाचन आयोगमा दल दर्ता गरिएको राणा समूहकी नेतृ बबिना मोक्तानले बताइन् । केही सांसदहरु उपत्यका बाहिर रहेकाले सांसदको संख्या अझै यकिन नभएको मोक्तानले बताइन् ।

बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले तत्कालीन राप्रपा नेपाल राप्रपासँग गत मङ्सिर ६ गते एकीकरण भई फागुन ६ मा एकता अधिवेशन भएको थियो । नवगठित पार्टीमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल थापालगायत नेता हुनुहुन्छ ।

पार्टीले राष्ट्रिय निर्देशक समिति गठन गर्न नसकेका, सत्तालिप्सामा लागेका भन्दै एकीकरणलगत्तै पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा छुट्टै एकीकृत राप्रपा(राष्ट्रवादी) पार्टी गठन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ