२३ लाख भ्रष्टाचारमा एमालेबाट जितेका जनप्रतिनिधिको हस्ताक्षर

२३ लाख भ्रष्टाचारमा एमालेबाट जितेका जनप्रतिनिधिको हस्ताक्षर

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

२२ साउन,जाजरकोट । स्थानीय चुनावबाट जनप्रतिनिधि निर्वाचित भएपछि काम सम्पन्‍न नगरी नक्कली बिल र भरपाई बनाएर बजेट खाने क्रम रोकिन्छ की भन्‍ने जनताले विश्वस गरेका थिए । लामो समयसम्मपछि जनप्रतिनिधि चुनेका जनतालाई एकपछि अर्को निरास बनाइरहेका छन् ।

कहिलै मोवाइल त कहिलै मोटरसाइलक बाड्ने जनप्रतिनिधिले गरेका निर्णयको चर्को विरोध भइरहेको छ । तर, जनप्रतिनिधिहरुले भने नानीबाट लागेको बानी भनेझैं एकपछि अर्को आफ्ना कार्यहरु गरिरहेका छन् ।

एमालेबाट निर्वाचित अध्यक्षसहितका जनप्रतिनिधिहरुले २३ लाख खान लागेको पत्ता लागेको छ । त्रिवेणी नलगाड नगरपालिका वडा ११ का जनप्रतिनिधीहरुले कामै नभएकै योजनाको लागि रकम निकासा गरेका छन् ।

उक्त भ्रष्टाचारमा वडाअध्यक्ष जितबहादुर मल्ल र सदस्यहरु भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री वानियाँ, विष्णुकमारी नेपाली र विर्खबहादुर बानियाँ उक्त प्रकरणमा मुछिएका छन् । उनीहरुले कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार तीन सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागी स्थानिय विकास अधिकारीलाई सिफारिस गरेका थिए ।

नगरपालिकाको ११ चौखादेखि वडा नं १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँगाउँ सर्मी डोल्पा सडकमा कामै नहुँदा पनि काम गरेको भनी उनीहरुले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रुपैया भुक्तानी गरेको थियो ।

यसबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानविन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि अनियमित कार्यमा संलग्न भएको पाईएको थियो ।

नक्कली विल भरपाई पेश गरेर जनप्रतिनिधिहरुलाई सहयोग गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत, सचिव शुष्मा विसी र कोषाध्यक्ष जय कुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ ।
घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिईसकेको चेक समेत कार्यालयले थुतेर क्यान्सिल गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले वताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी