पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी

पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौँ, २२ साउन । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गर्नुभएको थियो ।

संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी हुनुभएको छ भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी हुनुभएको छ ।

त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सचिवमा ३५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी हुनुभएको नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसंी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी हुनुभएको छ ।

शनिबार बिहान देखि अपराह्न ४ः२० सम्म मतदान भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान १ बजे सार्वजनिक भएको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् ।

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी