प्रहरी भ्यान एम्बुसमा ,प्रहरी निरीक्षक सहित ४ प्रहरी घाइते

प्रहरी भ्यान एम्बुसमा ,प्रहरी निरीक्षक सहित ४ प्रहरी घाइते

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

सप्तरी,श्रावण २२ ।

सप्तरीको सुरुंगा नगरपालिका ५ श्रीपुरमा शनिबार राति गस्तीमा रहेको इलाका प्रहरी कार्यालय कडोरवनाको बा १ झ ७३९२ नम्बरको प्रहरी भ्यान एम्बुसमा परेको छ ।

प्रहरीको गाडी एम्बुसमा परी विस्फोट भएपछि प्रहरी निरीक्षक राजेन्द्र यादवसहित ४ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए । उक्त भ्यानमा १२ जना प्रहरी सवार थिए । घाइतेको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच प्रगतिशील तराई मुक्ति मोर्चाका संयोजक बनाउने सिजन भन्ने व्यक्तिले सञ्चारकर्मीलाई म्यासेज गरेर विस्फोटको जिम्मा लिएका छन् । मोर्चाको नाम पहिलोपटक सुनिएको हो ।

जिल्ला प्रहरी प्रमुख सिंहले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ