देवी ज्ञवाली माछो माछो भ्यागुतो हुने खतरा ?

देवी ज्ञवाली माछो माछो भ्यागुतो हुने खतरा ?

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भरतपुर साउन २१ । नेपाली उखानमा बच्चाहरु खेल्दा चोर औलालाई माछो माछो भन्दै लामो समय हल्लाउने र अन्तिममा बुढी औला देखाई भ्यागुतो भनेर खेलाउने चलन छ । यस्तै नतिजा भरतपुर निर्वाचनमा एमाले उम्मेद्धार देवी ज्ञवालीका लागि हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
चितवनको भरतपुर महानगरपालिका नेपालको १२ पटक बढी लामो निर्वाचन भएको ईतिहासमा पहिलो पटक हुन सक्छ यति विवादीत र चर्चामा आएको ।
बैशाख २९ गते भएको निर्वाचनमा शुरुमा केही समय अग्रता लिएकी रेणु त्यस पछि लगातार पछि परीरहेकी थिईन् । यसै क्रममा जेष्ठ १४ गते मत गन्दा गन्दै माओवादी कार्यकर्ताले ९० मत च्यातेर चपाए पछि गणना स्थगित भई ठूलो विवाद भएको थियो ।
त्यस पछि सर्वोच्चमा लामो बहस पछि भएको फैसला र निर्वाचन आयोगको निर्णय बमोजिम २० साउनमा वडा नं १९ मा चुनाव भएको थियो ।
त्यो बेला सम्म हजार मत वरीपरि अग्रता लिएका एमाले राप्रपाका साझा उम्मेद्धार १९ को सकेर २० नं वडाको मतगणना जारी रहदा २ मतले पछि परेका छन् । जतिखेर १६ सय मत गनिसकिएको छ र अब त्यतिनै गन्न बाकी छ । यस्तोमा अब एमाले कार्यकर्ताहरु चुनाव हारीने हो कि भनेर निराश हुन थालेका छन् ।
ज्ञवालीले चुनाव जीत्ने ठूलो सपना बोकेका थिए । उनकै छोरा र एमाले कार्यकर्ताले रेणु र प्रचण्डलाई खुबै गाली गलौज पनि गरेका थिए ।
तर अब परिणाम बिस्तारै रेणुको पक्षमा ढल्किने संभावना बढेको देखे पछि एमाले अध्यक्ष केपी ओली सहितका नेता समेत चिन्तत बनेको स्रोतले बताएको छ ।
अब ज्ञवालीका लागि भरतपुरको चुनाव माछो माछो भ्यागुतो हुने त हैन भन्ने खतरा बढेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ