पर्वतारोहण संघको चुनाव सकियो, मतगणना ६ बजेबाट

पर्वतारोहण संघको चुनाव सकियो, मतगणना ६ बजेबाट

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं ,२१ साउन ।
नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनमा १ हजार ३९ मतदाता रहेकोमा ७६० मत खसेको छ । मतगणना भने साँझ ६ बजेबाटसुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।
एनएमएको आगामी नेतृत्वका लागि जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनमा शेर्पालाई नेपाली काँगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ ।
यस्तै लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ ।
एनएमएको नयाँ नेतृत्वका लागि पाँचजना भने निर्विरोध चयन भईसकेका छन् ।,
संस्थागततर्फ एक र आरोहीहरुको तर्फबाट (रातो बुक होल्डर) चार गरी पाँच जना निर्विरोध निर्वा्चित भएका हुन् ।
निर्वाचित हुनेमा क्रमशः पासाङ भोटे शेर्पा, आङ्दाबा शेर्पा, मिङमा डेबिट शेर्पा, नवङनर्बु शेर्पा र कपिल पाण्डे रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी