खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका चार जनाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका चार जनाको मृत्यु

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

रौतहट , २१ साउन ।

रौतहटको गरुडा नगरपालिका–४ स्थित खाल्डोमा जमेको पानीमा डुबेर आज एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राम एकवाल साहकी छोरीहरु १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता, उनका राम एकवालका भाईहरु योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साह रहेका छन् ।

मृतकहरु एकै परिवारको भएको ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनु भयो ।

बिहान घाँस काट्न घरबाट निस्केका चारै जना बालिका दिउँसो अढाई बजेसम्म घरमा फर्केर नआएपछि उनीहरुको परिवारले खोजी सुरु गरेको थियो ।
करिब ३ बजे एकै ठाउँमा खाल्डोमा डुबेको अवस्थामा बालिकाहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा करिब ८ फिट गहिरो खाल्डो खनिएको स्थानीयले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ