सुसान आचार्य /युएई ।
काठमाडौमा रहेको अर्थलाइन ट्राभल्सले विभिन्न आश्वासन देखाइ सेटिङ मार्फत युएई ल्याइ अबैधानिक बनाइ राखियका ४ जना मध्य सल्यान का लोकबहादुर डागि आमाको मृत्युको खबर पाउँदा समेत नेपाल फर्कन सकेनन ।
ट्राभल्स लाई २लाख २० हजार रुपैया नेपाल मै बुझाइ युएई आइ साजन भनिने प्रेम पान्डे ट्राभल्सको दलाल लाई १००० डलर समेत बुझायका डागिले आफ्नो आमाको मृत्यु भएको खबर पाउँदा समेत नेपाल जान नपाय पछी हाल उनी निकै दुखित भयका छन ।
दलालकै कारण ८४ दिन अघि अबैधानिक बनेका डागि ७३ बर्सिय आमा झुपि डागीको मृत्यु भएको खबर आज बिहान मात्रै थाहा पाएको र तत्काल दूतावासलाई खबर गरि आफुलाइ नेपाल फर्काउन अनुरोध गर्दा केहि दिन कुर्नुपर्ने बताएको जानकारी दियका छन।
केहि दिन अघि मात्रै ट्राभल्सले अलपत्र पारी राखेकस मध्य १५ जनालाइ उद्दार गरि नेपाल फर्काइएको थियो भने अबैधानिक रूपमा राखिएका चार जना नेपाल फर्कने बाटो हेर्दै बसेका छन।
यता नेपाली दूतावास अबुधाबिले दलाललाई कारबाही गर्न नसक्ने बताए पछी ट्राभल्सकै दलाल प्रेम पान्डेले नेपाल बाट सेटिङ मै ल्याउने र अलपत्र बनाउने काम जारी राखेका छन् भने सम्बन्धित निकाय मौन बसेको देखिन्छ ।