काठमाडौँ, २१ साउन ।
नेपाल पर्वतारोहण संघ एनएमएको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ ।
काठमाण्डौको नक्सालमा साँझ ५ बजेसम्म जारी रहने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
एनएमएमा एक हजार ३९ मतदाता छन् । एनएमएको आगामी नेतृत्वका लागि जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामा प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनमा शेर्पालाई नेपाली काँगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ ।
यस्तै लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ ।
यसैबीच एनएमएको नयाँ नेतृत्वका लागि पाँचजना निर्विरोध चयन भएका छन् । संस्थागततर्फ एक र आरोहीहरुको तर्फबाट (रातो बुक होल्डर) चार गरी पाँच जना निर्विरोध निर्वा्चित भएका हुन् ।
निर्वाचित हुनेमा क्रमशः पासाङ भोटे शेर्पा, आङ्दाबा शेर्पा, मिङमा डेबिट शेर्पा, नवङनर्बु शेर्पा र कपिल पाण्डे रहनुभएको छ ।