डोटिमा जीप दुर्घटना , नौ जनाको मृत्यु( नामावलीसहित)

डोटिमा जीप दुर्घटना , नौ जनाको मृत्यु( नामावलीसहित)

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

डोटी, २१ साउन । डोटिमा जिप दुर्घटना हुँदा चालकसहित नौ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

दिपायलदेखि चवरा चौताराका लागि हिँडेको से १ज ४९१ नंको जिप गए राति बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा डोटी बोगटान १ का ३५ बर्षिय विष्णु मगर, ५० बर्षिय बुढो घर्ती मगर, ४५ बर्षिय गोरख थापा, ४५ बर्षिय ललिता देबी पुन मगर, ४८ बर्षिय शशी राम बहादुर पुन मगर, ४० बर्षिय टेक बहादुर पुन मगर, ३० बर्षिय चन्द्र बहादुर घर्ती मगर, ५५ बर्षिय भीम घर्ती मगर र २८ बर्षिय चालक विष्णु नेगी रहेका छन् ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ । निरन्तर परेको पानीे र कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको दिपायलस्थित सुजंग अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ