साउन २१ डोटी । डोटीमा गएराति भएको जीप दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
डोटीको दिपायलबाट बोगटान गाउँपालिका, चबराचौताराको लागि छुटेको जीप राति साढे १० बजे बोगटान गाउँपालिका ६ गगुडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
से १ ज ४९१ नम्बरको जीप सडकबाट करिब साढे तीन सय मिटर तल खसेको थियो । घाइते सातमध्ये तीनको अवस्था गम्भीर रहेको डोटी प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । त्यस क्षेत्रमा हिजो निकै पानी परेको र कच्ची बाटो चिप्लो भएको कारण दुर्घटना भउको हुनसक्ने प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline