नेपाल पर्वतारोहण सङ्घको निर्वाचन (भोलि) शनिबार : पाँच निर्विरोध निर्वाचित

नेपाल पर्वतारोहण सङ्घको निर्वाचन (भोलि) शनिबार : पाँच निर्विरोध निर्वाचित

  • शुक्रबार, साउन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

 

काठमाडौँ, २० साउन । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार नक्सालमा हुँदैछ ।

बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । एनएमएमा एक हजार ३९ मतदाता छन् ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्वाचनलाई व्यवस्थित तथा मर्यादित बनाउन व्यवस्था मिलाइएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका उम्मेदवारी दिएका जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको छुटृछुटै समूहले विहिबारसम्म चुनावी प्रचारप्रसारलाई तीव्र पारेका थिए ।

दुवै समूहले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न छुट्टाछुट्टै व्यावसायिक भेला र छलफल गर्नुका साथै एसएमएसबाटसमेत मतदातालाई आकर्षित गरिरहेका छन् ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा भेटिनुभएका अध्यक्षका प्रत्यासी शेर्पाले पुराना आरोही व्यवसायीको समूह भएकाले जित आफ्नो पक्षमा हुने दाबी गर्नुभयो । उहाँले एनएमएको व्यावसायिक छविलाई जोगाउन आफ्नो समूहको नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो ।

निर्वाचनको औपचारिक प्रचार बिहीबार सकिए पनि आजबाट एसएमएस प्रचार गरिएको एनएमए महासचिवका प्रत्यासी बोधराज भण्डारीले बताउनुभयो ।

निर्वाचनमा शेर्पालाई नेपाली काँगे्रसनिकट नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ भने लामालाई एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ ।

पाँचजना निर्विरोध निर्वाचित

एनएमएको नयाँ नेतृत्वका लागि पाँचजना निर्विरोध निर्वाचित भएका छन् । संस्थागततर्फ एक र आरोहीहरुको तर्फबाट (रातो बुक होल्डर) चार गरी पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा क्रमशः पासाङ भोटे शेर्पा, आङ्दाबा शेर्पा, मिङमा डेबिट शेर्पा, नवङनर्बु शेर्पा र कपिल पाण्डे रहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी