साउन १९ काठमाण्डौं । राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठकमा पार्टीको अस्तित्व रक्षाका लागि स्थानीय तह निर्वाचनमा सहभागि हुनु पर्ने दवाव बढेको छ । काठमाण्डौको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठकमा आज बोल्ने अधिकांश सदस्यले पार्टीको अस्तित्व रक्षा गर्दै एजेण्डा स्थापित गराउन स्थानीय तह निर्वाचनमा सहभागि हुनुपर्ने तर्क गरेका छन् ।
पदाधिकारी सदस्य सुरेश पाण्डेले तत्कालिन अवस्थामा चुनावमा सहभागि नभए पार्टीको अस्तित्व सकिने धारणा राख्नुभयो ।
त्यस्तै पदाधिकारीहरु अमरेन्द्र साह र अजय गुप्ता लगायतका नेताले जनमतको सम्मानका लागि समेत पार्टी चुनावमा सहभागि हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णायाथ पेश गर्दै जस्तो परिणाम आए पनि स्थानीय तह निर्वाचनमा सहभागि हुनुपर्ने धारणा राखेका छन् । त्यस्तै सुरेन्द्र झा, जितेन्द्र झा लगायतका केही नेताहरुले संविधान संशोधन पारित नभए सम्म निर्वाचनमा जान नहुने भन्दै नेतृत्वको ध्यानकर्षण गराएका थिए ।
काठमाण्डौमा जारी राजपा नेपालको पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले संशोधन प्रस्ताव प्रक्रिया अघि बढाउदै स्थानीय निर्वाचनमा सहभागि हुनुपर्ने धारण राखेका छन् । हिजो पहिलो दिन बोल्ने अधिकांश सदस्यले लोकतान्त्रिक पार्टीले जनमतको सम्मानका लागि समेत निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline