खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने -खेलकुद मन्त्री

खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने -खेलकुद मन्त्री

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 

काठमाडौँ, १९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रित रहने दाबी गर्नुभयो ।

मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्व व्यावसायिक बनाउने र सन् २०१९मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीलाई तीव्रता दिने बताउनुभयो । उहाँले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिनुभयोे ।

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो । विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै उहाँले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री केसीको सफलताको कामना गर्दै सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ