सुन्धाराको सिटिसी मलमा खुल्यो ईजी मोबाइल केयर प्रा.लि , यस्ता छन् सुबिधा

सुन्धाराको सिटिसी मलमा खुल्यो ईजी मोबाइल केयर प्रा.लि , यस्ता छन् सुबिधा

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाण्डौ ,१९ साउन ।
काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा आजबाट ईजी मोबाइल केयर प्रा.लिको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने उद्धेश्यले स्थापना भएको कम्पनीको आज एक भव्य कार्यक्रमकाबीच समुद्घाटन भएको हो।
कलाकार राजेश हमालको प्रमुख आतिथ्यता तथा ईच्छाराज तामाङ ,सभासद तथा अध्यक्ष, सिटिसी मल, श्री कामिनी राजभण्डारी ,प्रबन्ध निर्देशक, नेपाल टेलिकम, , अनिल केसरी शाह , अध्यक्ष, बैंकर्स एसोसिएसन अफ नेपाल, दिपक मलहोत्रा ,अध्यक्ष, मोबाइल इम्पोटर्स एसोसिएसन, प्रविण श्रेष्ठ उपस्थितीमा कम्पनीले मोबाइलको बिक्री तथा बिक्री पछिको सर्भिसको औपचारिक शुरु गरेको घोषणा गरेको छ ।
कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्नेछ ।
यस कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रीका साथै सर्भिस प्रदान गर्नुका साथै मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजीमोबाइलकेयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।
अनलाइन र अफलाइन दुबैमा रु. ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरेको र ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्ने पवि ब्यावस्था गरेको छ ।
त्यसैगरि रु. ५० हजार भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था छ । यसमा पनि ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।
कुनैपनि ग्राहकले रु. ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछ भने रु.५ हजार देखि रु. ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्नेछ ।
यो सुविधा लिनको लागि ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सकिनेछ ।
कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने छ । यसअघि मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा यहाँबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।
त्यस्तै नेपालको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमसँगको सहकार्यमा हरेक मोबाइलको खरिदकर्तालाई विशेष डाटा प्याक दिने योजना गरिरहेको पनि उक्त कार्यक्रममा जानरी गराईएको छ ।
क्लासिक टेक प्रालिसँगको सहकार्यमा यहाँबाट जुनसुकैे मोबाइल किन्दा पनि क्लासिक टेकको इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्नेछ ।
ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ ।
ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहककोे मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको छ । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने छ ।
ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले भन्नुभयो ,कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि हामी त्यो फोनको निशुल्क भ्यालूएसन गर्ने सुविधा पनि शुरु गरेका छौं, जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो पुरानो फोनको मूल्य थाहा पाउन सक्नेछन् । ईजी मोबाइल केयरबाट मोबाइल खरिदगर्ने ग्राहकले यहि सिटिसी मलमा रहेको सिने डे सेफमा सिनेमा हेर्न एउटा टिकट खरिदमा अर्को टिकट सित्तैमा प्राप्त गर्ने व्यवस्था मिलाएका छौं ।
आगामी दिनमा यसभन्दा बढि नयाँ सेवा र सुविधाहरु ल्याउने प्रयास गरिरहेको पनि उहाँको भनँई छ । हराएको भनिएका मोबाइल फोनहरु चोरीका हुन वा साँच्चिकै हराएका हुन भनेर थाहा पाउन अनलाइनमार्फत नै जानकारी लिन सकिने सुविधा प्रदान गरेको पनि उहाँले बताउनु भयो ।
कम्पनीले रिपेयरका लागि ल्याएका फोनहरुको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिने सुविधा पनि राखिएको छ ।
अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी