पीडितलाई झन पीडा ,दलाललाई प्रसासनको सहयोग !

पीडितलाई झन पीडा ,दलाललाई प्रसासनको सहयोग !

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

युएई । लामो समयसम्म दलालले सारिरिक र मानसिक यातना दिदै युएईमा अलपत्र बनाइ राखियका १९ जना मध्य १५ जनालाई रोजगारी सङ्गै विभिन्न मिडियामा कार्यरत पत्रकार हरुको सहयोगमा नेपाल फर्काउन सफल भय पनि न्याय नमिल्दा पीडित झन पीडित बनेका छन ।

काठमाडौको ठमेलमा अबस्थित अर्थलाइन ट्राभल्सले विभिन्न बहानामा अध्यागमनको सेटिङ मार्फत युएई पुर्याइ अलपत्र पारेका पीडित लाई दूतावासले चासो नदिय पछी झन्डै एक हप्ता अगाडि यहाँ स्थित नेपाल पत्रकार महासघ साखा र साखा बाहिर रहेका पत्रकार हरुले चौतर्फी दबाब दिदै उद्दार गरि नेपाल पठायका थिय ।

नेपाल पुगेकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भित्रै अध्यागमनले पीडित सबैको पासपोर्ट छानबिन गर्न भन्दै जफत गरेको र हाल सम्म पासपोर्ट कहाँ छ र के हुदैछ भन्ने जानकारी सम्म नदियको पीडित मध्यका एक डोटिका राजकुमार श्रेष्ठले बतायका छन ।

पासपोर्ट छानबिन गर्नुपर्छ भन्दै सबैको लियो भोलिपल्ट बोलाएर केरकार गर्यो तर दलाललाई कारबाही गर्न कुरै गरेन पर्सीपल्ट अपराध अनुसन्धान महासाखामा पठाइयो तर त्यहा त उल्टै ट्राभल्स सङ सम्झौता गर्नुस भन्यो दलाललाई कारबाही गर्न प्रमाण पुगेन रे गरिबले न्याय नपाउने रहेछन नेपालमा श्रेष्ठको गुनासो छ ।

पाँच दिन बितिसक्दा समेत कहि कतै बाट सहयोग नपाय पछी आफुहरु गृहमन्त्री जनार्दन सर्मा लाई भेट्न हिजोमात्रै सिहदरबार गयको र त्यहा पनि आफ्नो समस्या लाई खासै चासो नदियको भन्दै ट्राभल्सले तलदेखि माथी सम्म सबैलाई मिलाइ सकेको रहेछ जुन यथार्थ मिडियामा राखेका थियौ त्यो सबै नेपालका मिडियाले पनि देखायनन हामि गरिबका छोरा कस्ले सुन्ने हाम्रो पीडा न्याय पाउने आसा अब मर्यो अर्का पीडित दाङका पदम ओलिको गुनासो छ ।

यता चौतर्फी दबाब दिदा समेत नेपाली दूतावास युएई भने यसबारे मौन बस्दै दलाललाई कारबाही गर्नै नसकिने बताउदै आयको छ ।गोप्य स्रोत बाट प्रात अडियो रेकर्डमा ट्राभल्सले युएईमा पठायको साजन भनिने प्रेम पाण्डेले पीडित लाई धम्क्याउदै दूतावासका कर्मचारी आफ्नो भएको बतायका छन । पीडित मध्य चार जना अबैधानिक छन जसलाई दूतावासको अनुमतिका कागजपत्र बनाइ लाइफ ब्यान्ड गरि आउने अगस्ट ९ तारीख स्वदेश फर्काइने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ