काठमाण्डौ , १९ साउन ।
चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विगअफर सेल (Big offer Sale) सुरु भएको छ ।
वार्षिक रुपमाहुदै आएको सेल मेलातीन सातासम्म संचालनहुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेलाअयोजनागरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालनहुने मेलामाकुनै पनि सामानको खरिदमाउपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।
साथै सेल मेलाअवधिभर सपिगं गर्ने गाहकले दैनिक रुपमाविभिन्नआर्कषक उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विनअफरमागाहकले एक हजार रुपैयाँको सपिगंभौचर, के एल फुडकोर्टको लन्चकुपन, एफक्युबसिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपनलगायतकाविभिन्नउपहार पाउन सक्नेछन।

त्यस्तै बम्पर उपहारअन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दशहजारं, पाँचहजार र तीनहजारको सपिगं कुपन , फुलक्यास ब्याकतथाएफक्युबसिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ ।
विगअफर सेल मेलामालुगा, जुत्ता, घडी, ब्यागलगायतकादुई हजार भन्दा बढी किसिमकासामानहरुको खरिदमाअसिमित छुट दिइने टावरले जनाएको छ ।

यस सेल मेलाअवधि भर केएल टावरमानिःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिककार्यक्रम, फेशनशो, गेमशोलगायतकार्यक्रमपनिआयोजनाहुने बताइएको छ । विगअफर सेल मेलाआगामीभदौ १० गतेसम्मचल्नेछ ।