गणेश तिम्सिना ,धरान साउन १९ । धरान ईटहरी सडक अन्तर्गत सेउती पुलको छेउमा एउटा घरपालुवा कुकुर वेवारिसे अवस्थामा छाडिएको छ । पुलको छेउमा रुखको नजिक सुतिरहेको यो कुकुर मानिस ओर्लेर आउला कि भनेर आखाँ हेर्छ । तर गाडी र मोटरसाईकल चढेर आउने जाने मान्छेले हत्तपत्त देख्दैनन् ।
धरानबाट करीब ७ किलो मिटर र ईटहरीबाट ११ किलो मिटर जंगल सहितको सडक पार गर्दा मात्रै त्याहा पुगिन्छ । त्यसैले त्यस क्षेत्रमा बाटो हिड्ने मान्छेहरु हुदैनन् ।
सेतो सेतो रंगको देखिने यो कुकुरलाई न त कसैले खान दिएको छ , न उसैले खान केही पाएको छ । यस्तो अवस्थामा उसको मृत्यु अब भोककै कारण हुने निश्चित छ । तर घाटीमा सिक्री समेत बाधीएको यो कुकुर कसैले छाड्यो या बाटो भुलेर त्यहाँ सम्म पुग्यो भन्ने एकीन भएको छैन । यो कुकुर बुधबार ठूलो वर्षात पछिको समयमा भिजेर रुखको फेदमा बसीरहेको अवस्थामा देखिएको थियो । तस्वीर गाडीबाट लिईएको हो ।
